काठमाडौं । काठमाडौँको क्षेत्रपाटीस्थित व्यापारी नरेश अग्रवालको घरमा राजस्व अनुसन्धान विभागले छापा मारेको छ । त्यसक्रममा विभागको टोलीले हुन्डी र सुन कारोबारको आरोपमा अग्रवालसहित तीनजनालाई पक्राउ गरेको छ । घरमा अमेरिकी डलर सहित झण्डै २ करोड नगद फेला परेको प्रहरीले जनाएको छ ।
अग्रवालमाथि सुन, हुन्डी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न भएको आरोप छ । उनिहरुमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया