काठमाडौं । सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरादायी ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश २०८० जारी गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रीपरिषद्को बैठकले सो अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । यस्तै, राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक संसदमा पेश गर्न स्वीकृत दिने , उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोक्ने निर्णय पनि गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिहीबार कम्बोडिया जाने भएपछि खड्कालाई कार्यवाहक तोकिएको हो । बैठकले ग्रिन हाईड्रोजन नीति पनि पास गरेको छ ।
यस्तै सरकारले गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको कार्यकारी निर्देशकमा डा. रवि मल्ललाई नियुक्त गरेको छ । बैठकले नरदेवी चिकित्सालय आयुर्वेद विकास समितिको अध्यक्षमा रमेशचन्द्र न्यौपानेलाई नियुक्त गरेको छ ।
यस्तै सरकारले नागरिक लगानी कोषको कार्यकारी निर्देशक पदमा पर्वतकुमार कार्कीलाई नियुक्त गरेको छ ।
प्रतिक्रिया