देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संविधान कार्यान्वयन नहुँदा जनतामा निराशा : राष्ट्रपति

देशान्तर

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले गरेको व्यवस्था अनुसार कानुनहरू बनाएर जनतालाई अधिकार दिन ढिला हुँदा जनतामा निराशा बढेको भन्दै त्यसतर्फ राजनीतिक दलका नेताहरूको ध्यानाकर्षण गराएका छन् ।
माघीको अवसरमा प्रधानमन्त्रीसहित दलका नेतालाई शीतल निवासमा बोलाएर उनले संविधान कार्यान्वयनका लागि दलहरूको ध्यानाकर्षण गराएका हुन् । संविधान कार्यान्वयन नहुँदा जनतामा निराशा बढेको भन्दै उनले संविधानले परिकल्पना गरेका विषयलाई कानूनद्वारा व्यवस्थित गर्न आवश्यक रहेको बताए ।


उनले आफूले देशी विदेशी निकायका प्रतिनिधिहरूसँग भेटदा ती सबैले नेपालको अहिलेको संविधानलाई मुक्तकण्ठले स्वागत गरेको र यतिको संविधान दक्षिण एसिया या दुनियाँका मुलुकमा कमै होला भन्दै धेरै तल्लो तहका जनताले अधिकार पाएको संविधान भनेर सबैले अत्यन्त प्रशंसा गरेको उल्लेख गरे । उनले संविधानले दिएका अधिकार कार्यान्वयनबाहेक नेपाली जनताको अर्को चाहना नभएको पनि बताए । त्यस अबसरमा उपराष्ट्रपति, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, संसद्मा प्रतिनिधित्व गर्ने दलका नेता, संघीय समितिका सभापतिहरु उपस्थित थिए ।