देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जनमत पार्टीको उम्मेदवारी फिर्ता लिन राउतद्वारा अस्वीकार

देशान्तर

काठमाडौँ । राष्ट्रिय सभा सदस्यका लागि जनमत पार्टीको तर्फबाट दिइएको उम्मेदवारी फिर्ता लिन पार्टीका अध्यक्ष डा. सीके राउतले अस्वीकार गरेका छन् ।

राष्ट्रिय सभा सदस्यका लागि जनमत पार्टीबाट मधेस प्रदेश र लुम्बिनी प्रदेशमा उम्मेदवारी परेको छ । उम्मेदवारी फिर्ता लिनका लागि माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको आग्रह अध्यक्ष राउतले अस्वीकार गरेका हुन् ।

यसबारे प्रधानमन्त्री प्रचण्डले आज बसेको सत्ता गठबन्धनको बैठकमा जानकारी गराएका थिए । प्रधानमन्त्री प्रचण्डले आफूले एक पटक पुनः बोलाएर नै कुरा गर्ने बैठकमा बताएका थिए । मधेस प्रदेशमा जनमत पार्टीको मतभार ४२४ रहेको छ भने लुम्बिनी प्रदेशमा १४४ रहेका छन् ।