काठमाडौं । मोहम्मद अफताब आलमविरुद्धको मुद्दाको पेसी धेरैजसो न्यायाधीश विदामा भएकाले आज स्थगित भएको छ ।
रौतहट जिल्ला अदालतले मुद्दामा अन्तिम सुनुवाइका लागि आज पेसी तोकेको थियो । तर धेरैजसो न्यायाधीशहरु विदामा भएकाले मुद्धाा पेसीमा नचढेको हो । २०६४ सालको संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको राजापुरमा बम विस्फोट भएको र पोल खुल्ने डरले बम विष्फोटका घाइतेहरुलाई इँटा भट्टामा हालेर जलाएको आरोप नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री आलमलाई लागेको छ । सो घटनामा प्रहरीले २०७६ सालमा पुनः अनुसन्धान गरेको थियो ।
यो मुद्दामा कांग्रेस नेता तथा पूर्वमन्त्री आलमसहित ११ जना प्रतिवादी छन् । अभियोगपत्रमा आलमलाई ४५ वर्ष कैद सजाय माग दाबी गरिएको छ ।
प्रतिक्रिया