काठमाडौं । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूलाई पत्नी शोक परेको छ । मन्त्री लिम्बूकी धर्मपत्नी गंगामाया लिम्बूको ५८ वर्षको उमेरमा बिहिबार राती निधन भएको हो । उनले लामो समयदेखि लिभर क्यान्सरको उपचार गराइरहेकी थिइन् । लिम्बूको घरैमा निधन भएको हो ।
मन्त्री लिम्बुको केही महिनाअघि आफ्नी आमाको समेत निधन भएको थियो । लिम्बूको १ छोरी र १ छोरा छन् ।
प्रतिक्रिया