काठमाडौं । कोसी प्रदेशसभाको चालु चौथो तथा हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेस सरकारले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष सिफारिस गरेको छ । प्रदेश मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले हिउँदे अधिवेशन अन्त्र्य गर्ने निर्णय गरेको हो ।
बैठकले राष्ट्रिय दलित आयोगको तेस्रो वार्षिक प्रतिवेदन २०८९÷०८० को प्रदेशसभामा पेस गर्ने, कोसी प्रदेश कर तथा गैर करसम्बन्धी विधेयक मस्यौदा तर्जुमाका लागि सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया