देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतसँग भएको सम्झौताको सम्पूर्ण विवरण माग

देशान्तर

काठमाडौँ । कानुन, न्याय तथा मानवअधिकार समितिले सरकार संग भारतसँग भएको सम्झौताको सम्पूर्ण विवरण मागेको छ । बुधवार बसेको समितिको बैठकले छलफलका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बोलाएर सम्झौताबारे प्रस्ट पार्न लगाएको थियो ।
बैठकपछि समितिले गत पुस १९ गते भारतका विदेश मन्त्री एस जयशंकरको नेपाल भ्रमणको क्रममा भएको सम्झौताको सम्पूर्ण विवरण ७ दिनभित्र समितिमा उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको हो ।
यस्तै नेपाल सन्धि ऐन अनुसार नेपाल सरकार पक्ष भई विभिन्न वा ती मुलुकका सरकारी सङ्घ सङ्गठनसँग गरेका सम्झौता, त्यसको अवस्था, सम्झौताको मिति, अनुमोदन गरेका र गर्न बाँकी रहेका सम्झौताको विवरण उपलब्ध गराउन कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयलाई निर्देशन दिएको छ ।