काठमाडौं । माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले उम्मेदवार टुंगो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले ६ जना उम्मेदवारको टुंगो लगाएको हो । माओवादी केन्द्रले कोशीबाट चम्पादेवी कार्की, बागमतीबाट श्रीकृष्ण अधिकारी, गण्डकीबाट मनरूपा शर्मा, लुम्बिनीबाट झक्कु सुवेदी, कर्णालीबाट विष्णु विश्वकर्मा र सुदूरपश्चिमबाट रेणु चन्दलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
राष्ट्रियसभा निर्वाचनको भोलि उम्मेदवारी दर्ता हुँदैछ ।
प्रतिक्रिया