काठमाडौं । सर्लाही तनावग्रस्त भएको छ । सर्लाहीको बरहथवा नगरपालिकामा बनाउन लागेको ५० शैया अस्पतालको विषयमा विवाद हुँदा शुक्रबार प्रहरीले गोली नै चलाएको थियो ।
सोही क्रममा गोली लागेर प्रदर्शनकारी बरहथवा नगरपालिका–६ का जयशंकर साह गम्भीर घाइते भएका थिए । उनको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको टाउकोमा गोली लागेको थियो ।
अस्पतालको विषयलाई लिएर स्थानीयहरूले नगरप्रमुख कल्पना कटुवालको घरमै आजगनी गर्न लागेपछि प्रहरीले गोली चलाएको जनाएको छ ।
प्रतिक्रिया