काठमाडौं । त्रिभुवन विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट उपकुलपति पद छनोट गर्न दरखास्त आह्वान गरेको छ । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले खुला प्रतिस्पर्धाका लागि आवेदन माग गरेको हो ।
आज प्रकाशित सूचनाअनुसार यसका लागि स्नातकोत्तर र विद्यावारिधि तहको शैक्षिक योग्यता भई विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको हुनुपर्ने उल्लेख गरेको छ । आवेदकले विश्वविद्यालय सुधारका लागि सोचपत्र तथा चारवर्षे व्यावसायिक कार्य योजनासमेत प्रस्तुत गर्नुपर्ने छ ।
प्रतिक्रिया