देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

शान्ति प्रक्रियाको बाँकी काम टुग्याउन सत्तापक्ष र प्रतिपक्षबीच सक्दो समझदारी :प्रचण्ड

देशान्तर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले सरकार गठनदेखि नै सत्ता र प्रतिपक्षीबीच सहमति चाहेको बताएका छन् ।

रामेछापको सुनापाति गाउँपालिका आयोजित कार्यक्रममा उनले गठबन्धन पूरै अवधि कायम रहने पनि दाबी गरे । प्रचण्डले आफूहरुले प्रतिपक्षलाई अहिलेसम्मकै उदारता प्रदर्शन गरेको दाबी गरे । सदन सञ्चालन र शान्ति प्रक्रियाको बाँकी काम टुग्याउन सत्तापक्ष र प्रतिपक्षबीच आफूहरुले सक्दो समझदारी गरेको उनको भनाई थियो । उनले अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रश्न उठाउने कतिपयले दुस्साहस गरेपनि सम्भव नभएको बताए ।