काठमाडौं । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठक सुरु भएको छ । बैठकमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतीय विदेशमन्त्री डा. एस जयशङ्करले आ-आफ्नो देशको प्रतिनिधिमण्डलको नेतृत्व गरेका छन् ।
भारतीय विदेशमन्त्री डा. जयशङ्कर दुई दिने भ्रमणका क्रममा आज नेपाल आइपुगेका हुन् ।
बैठकमा द्विपक्षीय सम्बन्ध र आपसी सहकार्यका विविध आयामबारे समीक्षाका साथै छलफल हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। नेपालले व्यापार असन्तुलन कम गर्ने, आयात–निर्यातको सन्तुलन कायम गर्ने तथा उर्जा व्यापारको विषयलाई महत्त्व दिएर अजेन्डामा समावेश गरेको छ।
प्रतिक्रिया