काठमाडौं । काठमाडौ जिल्ला अदालतमा म्याद थप गर्न ल्याइएका एक थुनुवा बुधबार हत्कडीसहित भागेका छन् ।
अदालत परिसरबाट विमल खड्का नाम गरेका व्यक्ति भागेको प्रहरीले जनाएको छ ।
उनको खोजी गर्न सादा पोसाकमा प्रहरी टोली परिचालन गरिएको छ । ठगी मुद्दामा म्याद थप गर्न उनलाई अदालत ल्याइएको थियो । उनलाई डलर देखाएर लुटपाट गरेको आरोपमा प्रहरी वृत्त, स्वयम्भुले पक्राउ गरेको थियो । उनी सिन्धुपाल्चोकको बाह्रबिसे–२ घर भइ भक्तपुर बस्दै आएका थिए।
प्रतिक्रिया