काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सहित पाँच नेताहरुले भैरहवा पुगेर पूर्व राजा ज्ञानेन्द्र शाहसंग भेट गरेका छन् ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री डा. धवलशम्शेर राणा र कार्यसम्पादन समिति सदस्य दीपक सिंहले भैरहवामा पूर्व राजा शाह संग भेट गरेका हुन् ।
नागरिक अभिनन्दन तथा भेटघाटहरुका लागि केही दिनदेखि भैरहवामा रहेका पूर्वराजा बसेको होटलमा भएको सामूहिक भेटवार्ताको तस्विर सामाजिक सञ्जालमा राख्दै मिश्रले शाहको भनाई भन्दै लेखेका छन् ‘हामी सबैले धेरै देख्यौं÷बुझ्यौँ । म ऐतिहासिक संस्थाको प्रतिनिधित्व गर्छु । मेरो काम सबैलाई एकताको सूत्रमा बाँध्ने हो । सबै नेपाली मेरो लागि बराबर छन् ।’
प्रतिक्रिया