देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेटको उपाधि एपीएफलाई

देशान्तर

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेटको उपाधि विभागीय क्लव एपीएफले जितेको छ । उसको यो राष्ट्रिय महिला क्रिकेटको छैटौं उपाधि हो ।
किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको फाइनलमा कोशीप्रदेशलाई ११ रनले पराजित गर्दै विभागीय क्लव एपीस्एफले उपाधि जितेको हो । यसअघि एपीएफले सन् २०१६ देखि २०१९ सम्म लगातार चार पटक र सन् २०२१ मा एक पटक गरी पाँच पटक च्याम्पियन बनेको थियो । त्रिवि क्रिकेट मैदानमा एपीएफले दिएको ११५ रनको लक्ष्य पछ्याउने क्रममा कोशी निर्धारित ओभरमा ४ विकेटको क्षतिमा १०३ रन मात्र बनाउन सक्यो ।

कोशीका लागि कप्तान रुबिना क्षेत्री बेलबासेले सर्वाधिक ६२ रन जोडिन् । उनले ५८ बलमा ७ चौका र एक छक्का प्रहार गरेकी थिइन् । त्यस्तै काजोल श्रेष्ठले २२ रनको योगदान गर्दा अप्सरी बेगमले ८ तथा लक्षिता राजवंशीले ६ रन बनाइन् । सबनम राइ दुई रनमा अविजित रहिन् ।
एपीएफलाई जित दिलाउन करुणा भण्डारी र सिता रानामगर एक एक विकेट लिए । सअघि टस जितेर पहिला ब्याटिङको गरेको एपीएफले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा ११४ रन बनाएको थियो। कोशीका लागि अप्सरी बेगमले ह्याट्रिक लिएकी छिन् । उनले खेलको अन्तिम ओभरमा ह्ययाट्रिक लिएकी हुन् ।