काठमाडौं । नेपाल र भारतका विदेशमन्त्रीहरुको संयुक्त बैठकमा सहभागी हुन भारतीय विदेश मन्त्री एस. जयशंकर भोलि बिहीबार नेपाल आउँदै छन् ।
बैठकमा नेपाल र भारतका दुई पक्षीय सवालहरूमा छलफल हुने जनाइएको छ । शुक्रवार भारत फर्किनु अघि उनले नेपाली समकक्षी एनपी साउद देखी प्रधानमन्त्री प्रचण्ड तथा अरू शीर्ष नेतृत्वहरूसँग भेट्ने सूची रहेको छ ।
प्रधानमन्त्री भएपछि प्रचण्डसँग उनको यो पहिलो भेट हो । भारत भ्रमणमा पुगेका प्रधानमन्त्री प्रचण्डसँग उनको भेट भएको थिएन ।
प्रतिक्रिया