काठमाडौँ । सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा देवेन्द्रराज ढकाल सिफारिस भएका छन् । यसैगरी न्याय सेवा आयोगले रजिस्ट्रारमा विमल पौडेलको नाम सिफारिस गरेको छ ।
आयोगले बुधबार न्याय परिषद्का सचिव ढकाललाई मुख्य रजिस्ट्रार र सर्वोच्च अदालतका सह रजिस्ट्रार पौडेललाई रजिस्ट्रारमा सिफारिस गरेको हो । सर्वोच्च अदालतमा मुख्य रजिस्ट्रार लालबहादुर कुँवर र रजिस्ट्रार निर्मला पौडेल उच्च अदालतको न्यायाधीशमा सिफारिस भएसँगै दुवै पद रिक्त रहँदै आएको थियो ।
प्रतिक्रिया