देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुविसुद्वारा भूकम्प प्रभावित क्षेत्रमा सोलार लाइट र ब्याकअप प्याकेज वितरण

देशान्तर

काठमाडौं । इन्टरनेट प्रदायक संस्था सुविसुले भूकम्प प्रभावित क्षेत्रमा सोलार लाइट र ब्याकअप प्याकेज वितरण गरेको छ।
सुविसुले सामाजिक उत्तरदायित्व अन्तर्गत जाजरकोटको वडा नम्बर ५ को नलगाडमा रहेको इन्द्रधनुष प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई पठनपाठनमा सहज होस् भन्नका लागि २०० थान सोलार लाइटिङ र ब्याकअप प्याकेज बक्स उपलब्ध गराएको हो।


सुविसुको टिम प्रभावित क्षेत्रमा पुग्दा भूकम्पले निकै ठूलो क्षति गरेको देखेको विज्ञप्तिमार्फत जनाइएको छ। आफ्नो २३ औं वार्षिकोत्सवको अवसरमा, सुबिसुले खाँचोमा परेकाहरूलाई सहयोग गर्ने निर्णय गरेको थियो।
जस अनुसार नोभेम्बर ३ मा गएको ६.४ रेक्टर स्केलको भूकम्पले धेरैको जनजीवनमा गहिरो प्रभाव पारेको क्षेत्रमा सहयोग गरेको हो। भूकम्पका कारण बिजुली प्रभावित हुँदा विद्यार्थीहरूलाई साँझमा अध्ययन गर्ने माध्यमहरू उपलब्ध गराएर तिनीहरूलाई चुनौतीहरू पार गर्न र उज्ज्वल भविष्य निर्माण गर्न सशक्त बनाउने लक्ष्यमा सहयोग गरेको सुविसुले जनाएको छ।

इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसु केवल नेटले आफ्नो सञ्चालनको २३ वर्ष पूरा गरेको छ। २३ औं वार्षिकोत्सवको अवसरमा विद्यालयमा राहत र पुनर्स्थापनाका लागि सामग्रीहरु वितरण गरेको हो ।