देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वैचारिक मतभेद र पार्टीगत मतभेदका बाबजुद नेपालका दलहरूबिच मेलमिलाप छ : देउवा

देशान्तर

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वैचारिक मतभेद र पार्टीगत मतभेदका बाबजुद नेपालका दलहरूबिच मेलमिलाप रहेको बताएका छन् । उनले नेपालका राजनीतिक पार्टी बिचको मेलमिलाप देखेर विदेशीहरू छक्क पर्ने गरेको बताए ।
४८औँ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा नेपाली कांग्रेसद्वारा आयोजित कार्यक्रममा सभापति देउवाले प्रतिस्पर्धाका बाबजुद एक अर्कामा मेलमिलाप र भाइचाराको वातावरण धेरै कम देशमा मात्र रहेका देउवाको भनाइ छ । नेपालमा मेलमिलापको आवश्यकता र औचित्य अझै बढ्दै गएकाले सबै मिलेर अघि बढ्नुपर्ने उनको भनाइ छ ।
उनले लोकतान्त्रिक गणतन्त्रको बिरुद्धमा वातावरण बनाउने प्रयास भएको भन्दै लोकतन्त्रको विकल्प अझ राम्रो लोकतन्त्र भएको उनले बताए । गणतन्त्र र लोकतन्त्रको विकल्प खोज्ने कुरा हुनै नसक्ने देउवाको भनाइ थियो ।