देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मेलमिलाप दिवसको कार्यक्रममा दलका नेताहरुले सम्बोधन गर्नेक्रम जारी

देशान्तर

काठमाडौं । ४८ औ राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेसले प्रज्ञा भवन कमलादीमा आयोजित कार्यक्रम जारी छ ।कार्यक्रमलाई बिभिन्न दलका नेताहरुले सम्बोधन गर्नेक्रम जारी छ । कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रमुख तीन दलका शीर्ष नेताको बैठक बस्नासाथ राजावादीहरूको टाउको दुख्ने गरेको बताएका छन् ।
ओलीले राजावादीको टाउको दुख्छ भनेर आफूहरू छलफल र सहकार्य गर्न नछोड्ने बताए । उनले राजतन्त्र दरबार हत्याकाण्डका बेलामा नै सकिएको बताए । उनले गठबन्धनका कारण स्वस्थ प्रतिस्पर्धा हुन नसकेको भन्दै प्रतिस्पर्धा स्वस्थ बनाउन नेपाली कांगेसको प्रतिबद्धता चाहिएको बताए । ओलीले अहिले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारसँग कांग्रेस सन्तुष्ट रहेको भन्दै कटाक्ष गरे । अहिलेको राज्य सञ्चालनमा आफ्नो भूमिकासँग सन्तुष्ट रहेको कांग्रेसको तलाउमा आफूले एउटा ढुंगा फुत्त फालिदिएर तरंग ल्याउने कुनै ईच्छा नभएको भन्दै कटाक्ष गरेका हुन् । ओलीले बालकुमारी घटनामा किन गोली चलाएको भन्दै प्रश्न गरेका छन् । कार्यक्रममा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले राजतन्त्र ‘राँकेभूत’ मात्र भएको भन्दै त्योसँग डराउनु नपर्ने बताए । डा. भट्टराईले जनतामा देखिएको असन्तुष्टि भने तत्काल सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले शासकीय स्वरूप र निर्वाचन प्रणाली फेर्नुपर्ने बताए । संविधान सच्याउन राष्ट्रिय सहमति गरेर जानुपर्नेमा उनले जोड दिए । भट्टराईले शासकीय स्वरूपका सन्दर्भमा तीन प्रस्ताव राखे ।
पहिलो, जर्मनीको मोडलजस्तो प्रमुख दलको संयुक्त सरकार बनाउन उनले प्रस्ताव गरे । भट्टराईले सरकारको स्थिरताका लागि प्रमुख दलहरुको संयुक्त सरकार बनाउने प्रस्ताव गरेका हुन् । उनले सरकारलाई पाँचै वर्ष चलाउनका लागि प्रमुख दलहरुको संयुक्त सरकार बनाउनुपर्ने बताए ।
दोस्रो, स्वीट्जरल्यान्डको जस्तो पूर्ण समानुपातिकमा गएर जसले जति मत ल्याउँछ, सबै सरकारमा बस्नेतर्फ जाने प्रस्ताव गरे । दुवै नसके प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जानुपर्ने प्रस्ताव उनको छ ।