काठमाडौं । राज्यव्यवस्था तथा सुशासन समितिले बालकुमारी घटना प्रकरणमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको भूमिकाबारे छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ । सोमबार सिंहदरबारमा बसेको समितिको बैठकबाट श्रममन्त्री शरतसिंह भण्डारी र यातायातमन्त्री प्रकाश ज्वालाको भूमिकाबारे छानबिन गर्न निर्देशन दिइएको हो ।
घटनामा मृत्यु भएकाका परिवारलाई थप क्षतिपूर्ति दिन सरकारलाई निर्देशन दिने निर्णय संगै दुवै मृतकका परिवारलाई रोजगारीका अवसर उपलब्ध गराउन समेत सरकारलाई निर्देशन दिएको छ ।
प्रतिक्रिया