देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ललितपुरका प्रजिअ पण्डितलाई गृहमन्त्रालयमा तान्ने निर्णय : डीएसपी लम्साल र पीएसओे निलम्बनमा

देशान्तर

काठमाडौँ । बालकुमारीको घटना पछि सरकारले ललितपुरका प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाह प्रधान कार्यालय नक्साल र जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रजिअ रुद्रप्रसाद पण्डितलाई गृहमन्त्रालयमा तान्ने निर्णय भएको छ ।
त्यस्तै, प्रदर्शनमा खटिएका स्पट कमान्डर डीएसपी उमेश लम्साल र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाका पीएसओे निलम्बनमा परेका छन् ।
यस्तै ईपीएस कोरियाका प्रमुखलाई पनि सरुवा गर्ने निर्णय गरिएको छ ।
बालकुमारी घटनामा अछामको चौरपाटी गाउँपालिका–१ का २१ वर्षीय वीरेन्द्र शाहको गोली लागेर र दैलेखको महाबु गाउँपालिका–६ का २३ वर्षीय सुजन राउतको भागदौडका क्रममा मृत्यु भएको थियो ।
सरकारले मृतकका परिवारलाई तत्काल राहत स्वरूप १०–१० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । घटनामा अदालतको पनि केही कमजोरी देखिएको प्रधानमत्रन्त्रीले बताएका छन् ।