देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ललितपुर सिटी एनएसएलको फाइनलमा

देशान्तर

ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा पुगेको छ । विहिबार दशरथ रंगशालामा सम्पन्न दोस्रो क्वालिफायरमा ललितपुर सिटीले पोखरा थण्डर्सलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।    

ललितपुर सिटी एफसीका लागि अतिरिक्त समयको ९९औं मिनेटमा कुशल देउवाले निर्णायक गोल गरेका थिए ।

यसअघि निर्धारित ९० मिनेटको खेलमा पोखरा र ललितपुर १-१ गोलको बराबरी खेलेपछि खेल अतिरिक्त समयमा गएको थियो ।

खेलको ४५औ मिनेटमा ललितपुरका इमोह इजेकिएलले गोल गर्दै शुरुवाती अग्रता दिएपनि खेलको ७१औं मिनेटमा पोखराका स्टेफेन कोजोले बराबरी गोल गरेका थिए । यस खेलमा खेलको ३४औं मिनेटमा ललितपुरका निखिल कदमले रातो कार्ड पाएपछि ललितपुर १० खेलाडीमा समित भएको थियो ।

अब फाइनलमा ललितपुर सिटीले धनगढी एफसीको सामना गर्ने छ । फाइनल खेल शनिबार हुने छ ।