काठमाडौं । बिजुली काटिएपछि भइरहेका आलोचना पछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पत्रकार सम्मेलन गरि यसबारे जानकारी गराएका छन् ।
प्राधिकरणले डेडिकेटेड फिडर एवम् ट्रंक लाइनबाट विद्युत उपभोग गरेर बक्यौता रहेका उद्योगहरूको लाइन काटिएको विषयमा प्रष्टीकरण दिएको छ ।
प्राधिकरणले हालै लाइन काटिएका ९ उद्योगको करिब १२ अर्ब ५० करोड रूपैयाँ बराबरको बक्यौता रहेको जनाएको छ । बक्यौता रहेका अन्य उद्योगको पनि क्रमशः बिजुली काट्दै जाने जाने उनले बताए ।
डेडिकेटेड तथा ट्रंक लाईनबाट विद्युत् उपभोग गरेको कुल ६१ वटा उपभोक्ताहरुको २०८० मंसीर मसान्तसम्म कुल २२ अर्ब २४ करोड बक्यौता रहेको प्राधिकरणको भनाइ छ ।
प्रतिक्रिया