देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काठमाडौँ रेजर्सलाई हराउदै ललितपुर एनएसएलको दोस्रो क्वालिफायरमा

देशान्तर

काठमाडौँ । ललितपुर सिटी एफसी जारी नेपाल सुपर लिग (एनएसएल) फुटबलको दोस्रो क्वालिफायरमा पुगेको छ ।

मंगलबार सम्पन्न इलिमिनेटरमा  काठमाडौँ रेजर्सलाई ३-० गोल अन्तरले पराजित गर्दै ललितपुर दोस्रो क्वालिफायरमा पुगेको हो ।

ललितपुरको जितमा नाइजेरियन खेलाडी इमाह इजेकिएलले दुई गोल गरेका थिए भने फ्रेन्च खेलाडी पापा इबोउ केबेले एक गोल गरेका थिए । पहिलो हाफमा २ गोल गरेको ललितपुरले दोस्रो हाफमा एक गोल थपेको थियो ।

पहिलो हाफको ३६औं मिनेटमा इजेकीएलले गोल गर्दै ललितपुरलाई शुरुवाती अग्रता दिलाएका थिए भने ४४औं मिनेटमा केबेले गोल गर्दै अग्रता दोब्बर पारेका थिए । त्यस्तै दोस्रो हाफको ५२औं मिनेटमा इजेकीएलले हेडमार्फत आफ्नो दोस्रो गोल गर्दै ललितपुरको अग्रता तेब्बर पारेका थिए ।

यो जितसँगै अब ललितपुर यस सिजनको दोस्रो क्वालिफायरमा पुगेको छ । अब दोस्रो क्वालिफायरमा ललितपुर सिटीले पोखरा थण्डर्सको सामना गर्ने छ । विहिबार हुने यस खेलको विजेताले फाइनलमा उपाधिका लागि धनगढी एफसीको सामना गर्ने छ ।

त्यस्तै इलिमिनेटरमा हार बेहोरेको सँगै नेपाल सुपर लिगको डिफेन्डिङ च्याम्पियन काठमाडौँ रेजर्सको यस सिजनको यात्रा समाप्त भएको छ ।

यस सिजनको फाइनल खेल आगामी शनिबार हुने तालिका रहेको छ ।