काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले ब्राजिललाई प्रतिबन्ध लगाउने चेतावनी दिएको छ । ब्राजिललाई फुटबल फेडेरेसनको जनवरीमा निर्वाचन हुने कुरामा प्रतिक्रिया जनाउँदै फिफाले प्रतिबन्धको चेतावनी दिएको हो ।
ब्राजिलको फुटबल प्रमुखलाई पठाएको पत्रमा फिफाले एड्नाल्डो रोड्रिगेजको स्थानमा नयाँ अध्यक्ष चुनिए प्रतिबन्ध गर्ने जनाएको हो । यसअघि गत डिसेम्बर ७ मा रियो दी जेनेरियोको अदालतले रोड्रिगेजलाई हराउने निर्णय गरेको थियो । त्यसबेला अदालतले रोड्रिगेजले गरेको अनियमिततालाई कारण देखाउँदै हटाउने आदेश दिएको थियो । फिफाले फुटबलमा सरकारी हस्तक्षेपको सधैँ वर्जित गर्दै आइरहेको छ ।
प्रतिक्रिया