देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोइरीले निलम्बन फुकुवा माग गर्दै दिए निवेदन

देशान्तर

काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीले आफ्नो निलम्बन फुकुवा माग गर्दै संघीय संसद सचिवालयमा निवेदन दिएका छन् ।
सशस्त्र प्रहरी बलका असई थमन बिकको हत्या आरोपमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि फरार रहेका कारण महोत्तरी–१ बाट निर्वाचित कोइरी निलम्बित अवस्थामा छन् । मंसिर २८ मा महोत्तरी जिल्ला अदालतले बिक हत्याको मुद्दामा सफाइ दिएपछि सांसद कोइरीले आफ्नो निलम्बन फुकुवा गर्न र अहिलेसम्मको सेवा सुविधा माग गर्दै संघीय संसद सचिवालयमा पत्र लेखेका हुन् ।