काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले युवाहरू देशमा नबस्नु ठूलो चुनौती भएको बताएका छन् । आइतबार झुलाघाट–चिवाभञ्याङ यात्राबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा उनले युवाहरूलाई देशमै बस्ने वातावरण बनाउनु चुनौती रहेको बताए ।
उनले मध्यपहाडमा विकास, बाटो, खानेपानी पनि पु¥याइए पनि बसाइँसराइ भइरहेको भन्दै उनले मध्यपहाडमा अहिले भइरहेको गतिविधि रोक्न नसके देशको भविष्य नै अफ्ठ्यारोमा पर्ने बताए । ओलीले उद्योगहरूमा विद्युत् लाइन काटेकोमा असन्तुष्टि जनाएका छन् । सरकारले उद्योगहरूको डेडिकेटेड लाइन काटेकोमा सरकारको बेथिति रहेको बताए ।
प्रतिक्रिया