देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

टीआरसी विधेयक आउँदो अधिवेशनबाट पारित गर्ने बारे छलफल

देशान्तर

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयकबारे प्रमुख दलका शीर्ष नेताबीच बालुवाटारमा छलफल भएको छ । आइतबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच बिधेयकबारे छलफल भएको हो ।


नेताहरुबीच बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकमाथि भएका छलफल र नमिलेका विषयबारे बैठकमा छलफल भएको र आगामी संसद् अधिवेशनबाट विधेयक पारित गर्ने कुरा भएको थियो ।