काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रदेश संरचनाको विकल्प खोज्न ढिला गर्न नहुने बताएका छन् । शनिबार पोखरामा पार्टीको गण्डकी प्रदेश कार्यालयको उद्घाटन गर्दै सभापति लामिछानेले प्रदेश संरचना बेढंगको भएको बताए । प्रदेशले केही नेता र उनीहरुका आफन्तलाई जागिर दिने काम गरेको भन्दै उनले सरकारी ढुकुटीबाट तेल, इन्धन, गाडी चन्छन् तर यसले नतिजा नदिने बताए ।
प्रदेशको विकल्प तुरुन्त सोच्नुपर्छ भनेर एक पटक होइन आफूले धेरै पटक भनेको उनको जिकिर छ । सुशासनका सन्दर्भमा रास्वपा निर्मम हुनुपर्ने भन्दै लामिछानेले अहिलेको सरकारले जस्तो भ्रस्टाचारको फाइल खोल्ने र एउटा पान्नामा आफ्नो मान्छेको नाम देख्नेबित्तिकै बन्द गरिहाल्ने प्रवृत्ति देखाउन नहुने बताए । रास्वपाले भ्रष्टाचारीलाई बचायो भने सबैभन्दा पहिले पार्टी सदस्यले आफ्नो सदस्यता च्यातेर खबरदारी गर्नुपर्ने सभापति लामिछानेले बताए ।
प्रतिक्रिया