देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

झापड हान्ने उपसचिवलाई कारबाहीको तयारी

देशान्तर

काठमाडौं । संघीय संसद सचिवालयका सहकर्मी महिला शाखा अधिकृतलाई झापड हान्ने उपसचिवलाई कारबाहीको तयारी भएको छ ।
गत महिना संघीय संसद सचिवालयका उपसचिव रामप्रसाद गैरेले एउटा प्रतिवेदनमा आफ्नो नाम छुटेको विषयमा असन्तुष्टि जनाउँदै एक महिला शाखा अधिकृतलाई झापड हानेको उजुरी परेपछि संसद सचिवालयको प्रशासनले गैरेसँग स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरणमा उनले आफ्नो गल्ती भएको स्वीकार गर्दै माफी मागेका छन् ।
गैरेलाई सङ्घीय संसद् सचिवालय ऐन २०६४ को दफा ८३ अनुसार २ वर्षसम्म बढुवा रोक्का वा ५ ग्रेड तलब वृद्धि रोक्का मध्ये कुनै कारबाही गरिने तयारी सहित कारबाहीको भागीदार किन नहुने भन्दै अर्को पत्र काटिएको छ ।