देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

माइतीघरमा प्रदर्शनमा उत्रेका १७ जना अधिकारकर्मी पक्राउ

देशान्तर

काठमाडौं । एनसेलको सेयर खरिद बिक्री प्रकरणको बिरोधमा माइतीघरमा प्रदर्शनमा उत्रेका १७ जना अधिकारकर्मी पक्राउ परेका छन् ।
अधिकारकर्मीहरुले निषेधित क्षेत्र उल्लंघन गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रामकृष्ण बराल, सल्लाहकारहरु उत्तम पुडासैनी र गोविन्द खनाल, संस्थापक सदस्य कृष्ण कँडेल, महासचिव रेनुका पौडेल, सचिवहरु रामप्रसाद जोशी र चन्द्रमणि बञ्जारा, कोषाध्यक्ष किरण ढकाल, केन्द्रीय सदस्यहरु नम्रता खरेल र दिवाकर पुडासैनीलगायत रहेका छन् । उनीहरुलई प्रहरीले नेपाल पुलिस क्लब भृकुटीमण्डपमा राखेको छ ।

प्रदर्शनमा सहभागीहरुले एनसेल घोटालामा प्रधानमन्त्री÷पूर्व प्रधानमन्त्री नै सहभागी भएको भन्दै कारबाही माग गरेको छन । त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सिंगापुर भ्रमणमा भएका डिलहरुबारे छानबिन हुनुपर्ने, यो प्रकरणमा विश्वसनीय न्यायिक छानबिन आयोग गठन गर्नुपर्ने लगायतको माग राखेका छन् ।