काठमाडौं । वागमती प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुखद सुरुआत गरेको छ ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा टस हारेर ब्याटिङमा आएको वागमतिले मधेशसामु ११८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । मधेसले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर ८९ रनमात्र बनाए पछि वागमतीले मधेस प्रदेशविरुद्ध २८ रनको जित निकालेको हो ।
मधेसकी पुजा महतोले ३५ रन बनाइन् । अनुराधा चौधरीले २१ र प्रतिमा साहले १५ रन जोडिन् । यसबाहेक, अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
वाग्मतीकी अस्मिना कर्माचार्यले दुई र मनिषा उपाध्यायले एक विकेट लिइन् । त्यसअघि वाग्मतीले निर्धारित २० ओभरमा चार विकेट गुमाएर ११७ रनको योगफल खडा गरेको थियो । यसोदा विष्टले ४७ रन बनाइन् । कप्तान अस्मिानले ३० र हेलिशा गुरुङले १२ रन थपे ।मधेसकी पुजा महतोले दुई र कविता गौतमले एक विकेट लिइन् ।
आजदेखि सुरु भएको प्रतियोगितामा कुल आठ टिमको सहभागिता छ ।
प्रतिक्रिया