काठमाडौं । नेपाल वायुसेवा निगमले पाँच चिनियाँ विमान लिलामीमा राखेको छ । बिहीबार सूचना निकालेर नेपाल एयरलाइन्सले दुई एमए–६० र तीन वाई–१२ ई विमान लिलामी बिक्रीमा राखिएको जनाएको हो ।
ती विमान निगमले आन्तरिक उडानका निम्ति खरिद गरेको थियो । सूचनामा आउँदो फेब्रुअरी ४ तारिख अर्थात् माघ २१ गतेसम्म म्याद दिइएको छ । ती विमान विगत तीन वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ग्राउन्डेड’ छन् ।
प्रतिक्रिया