काठमाडौं । एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणलाई सेयर खरिद बिक्रीको विवरण बुझाएको छ । बुधबार एनसेलले यस बारे विवरण बुझाएको हो ।
एनसेलको मुख्य कम्पनी आजियाटाले एनसेलको ८० प्रतिशत सेयर स्वामित्व बिक्री गर्दै नेपालबाट बाहिरिने घोषणा गरेको थियो । खरिदबिक्रीको मूल्य र प्रक्रिया अस्वाभाविक देखिएपछि यो विषय विवादित बनेको छ ।
यो खरिद बिक्री प्रकरणमा अस्वाभाविक मूल्य र प्रक्रियाले विवाद चुलिएपछि अहिले सरकारले बनाएको छानबिन समितिले पनि छानबिन गरिरहेको छ ।
प्रतिक्रिया