काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक सरेको छ । आज दिउँसो ३ बजे बस्ने गरी बोलाइएको बैठक अब बिहीबार बिहान ८ बजे बस्ने तय भएको छ । बैठक बालुवाटारमा बस्नेछ ।
आजको बैठक पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को व्यस्थताका कारण सारिएको माओवादीले जनाएको छ ।
अबको बैठकबाट केन्द्रीय समिति बैठक र विधान सम्मेलनको मिति तोक्ने तयारी छ ।
प्रतिक्रिया