काठमाडौं । सरकारले उखुको न्यूनतम खरिद मूल्य तोकेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले उखु किसानले प्रतिक्विन्टल ६३५ रुपैयाँ पाउने निर्णय गरेको हो ।
यसमध्ये ५६५ रुपैयाँ उखु मिलले दिनुपर्ने छ भने ७० रुपैयाँ सरकारले अनुदान दिनेछ । बैठकमा सरकारको एक वर्षको कामकारबाहीको समीक्षा भएको थियो ।
मन्त्रिपरिषदको नियमित बैठक भोलि बिहीबार फेरि बस्ने छ ।
प्रतिक्रिया