काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आन्दोलन गर्ने घोषणा गरेको छ । राप्रपाले राजसंस्था र हिन्दू राष्ट्र पुनस्थापनाको पक्षमा जनदवाव सिर्जना गर्न भन्दै आन्दोलन गर्ने निर्णय लिएको हो । आज सम्पन्न केन्द्रीय कार्यमितिको बैठकले आन्दोलनका लागि पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनको अध्यक्षतामा केन्द्रीय आन्दोलन मूल समिति गठन गरेको छ ।
तीन दिनसम्म काठमाडौंमा चलेको वैठकले विभिन्न सात बुँदे निर्णय गरेको छ ।
राप्रपाले राजसंस्था, वैदिक सनातन धर्मसापेक्ष हिन्दु राष्ट्र पुनः स्थापना र प्रदेश तहको खारेजीको लागि आन्दोलन गर्ने जनाएको छ । फागुन महिनामा मेची महाकाली एकता यात्रा र उपत्यका केन्द्रित प्रदर्शन गर्ने निर्णय राप्रपाले गरेको छ । राप्रपाले पार्टीका संगठन विभाग प्रमुख, महामन्त्री डा. धवल शमशेर राणाको संयोजकत्वमा आन्दोलन परिचालन समिति गठन गरेको छ ।
प्रतिक्रिया