काठमाडौं । संघीय संसदका सदस्यहरुको एक टोली १० दिने चीन भ्रमणका लागि सोमबार दिउँसो बेइजिङ प्रस्थान गरेको छ ।
नेकपा माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डेको नेतृत्वको २० जनाको भ्रमण टोलीमा नेपाली कांग्रेस र नेकपा एमालेका ५/५, नेकपा माओवादी केन्द्रका ३ तथा राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीबाट एक–एक जना छन् ।
चीनको वाणिज्य मन्त्रालय अन्तर्गतको अन्तर्राष्ट्रिय व्यापार एकेडेमीको कार्यक्रममा सहभागी हुन सांसदहरुको टोली चीन गएको हो । १० दिने भ्रमण पूरा गरी संसदीय टोली पुस १४ गते काठमाडौं फर्कने कार्यक्रम छ ।
प्रतिक्रिया