काठमाडौं । रुसी सेनामा भर्ना भएका अर्का एक नेपाली युवकको मृत्यु भएको छ ।
टीकापुर नगरपालिका–१ दुर्गानगरका ३६ वर्षीय भरत शाहको मृत्युको हो । केही दिनअघि मात्र जानकारी पाएका परिवारका सदस्यले आइतबार कुशको शव बनाएर भरतको अन्त्येष्टि गरेका छन् ।
भरतसँगै रुसी सेनाका तर्फबाट युद्धमा सहभागी कञ्चनपुरका रोशन थापाले आफ्नी श्रीमती मार्फत भरत युद्धमा मारिएको खबर पठाएको जनाइएको छ । शाह पूर्वप्रहरी हुन् । उनी दुबईमा सुरक्षा गार्डका रुपमा काम गर्दै आएका थिए । उनी उतैबाट रुस गएका हुन् ।
हालसम्म परराष्ट्र मन्त्रालयले रुसी सेनामा भर्ती भएका ६ नेपालीको मृत्यु भएको सार्वजनिक गरेको छ । योसँगै सातजना नेपालीले रुस–युक्रेनको लडाइँमा ज्यान गुमाएका छन् ।
प्रतिक्रिया