काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चार वर्षपछि हुने चुनावको चिन्ता नलिन र काममा केन्द्रित हुन आवश्यक रहेको बताएका छन् । प्रेस युनियन बागलुङले आइतवार आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री शर्माले ‘मिसन–८४’ भन्दा ‘भिजन–९५’ मा लाग्न सुझाव दिए ।
उनले चुनावको चिन्ता लिनुभन्दा पनि २०९५ सालसम्म के काम गर्न सकिन्छ भनि विकासको खाका तयार गर्न लाग्नुपर्नेमा जोड दिए । त्यस अवसरमा उनले आगामी फागुन ७ गतेदेखि सुरु हुने नेपाली कांग्रेसको महासमिति बैठकमा अहिलेको सरकारको कामका विषयमा गम्भीर छलफल हुने बताए । उनले चुनावको चिन्ता छोडेर सबै दल समृद्धिका लागि केन्द्रित हुन आवश्यक रहेको धारणा राखेका थिए ।
प्रतिक्रिया