देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसले बिर्सिएका एक उत्प्रेरक नेता 

 जसले बीपीलाई बाटो देखाएका थिए 


 यो २००५ सालको कुरा हो ।

२००७ सालको क्रान्तीको तयारीको सन्दर्भमा राजधानीमा खटिएका साथीहरुले गरेको कामको अनुगमन गर्न, थप बातावरण निर्माण गर्न र राणाहरुको बन्दीको अवस्थामा रहेका राजा त्रिभुवन संग सम्पर्क बढाउन पार्टीका मुख्य नेताहरु गुप्त रुपले बनारसबाट काठमाण्डौ जान आवश्यक देखियो । प्रारम्भिक छलफलमा परिपक्व र जेठा नेता मातृका प्रसाद कोईराला र ‘काठमाण्डौको कुनाकाप्चा थाहा भएका’ नेता गणेशमान सिंह जाने कुरा भयो, तर बी.पी. कोईरालाले भन्नु भयो “होइन, म जान्छु ।” उहाँको तर्क थियो, मातृका दाजु पहिले जागिरे भएकोले उहाँलाई धेरै मानिसले चिन्दछन् र गणेशमान जी हालै मात्र जेल तोडेर आएको, काठमाण्डौको लोकल भएको, सरकारले उहाँको फोटो छापेर पक्राउका लागि ब्यापक प्रचार गरेको तथा उहाँ माथी मृत्युदण्डको मुद्दा कायमै रहेकाले उहाँ जानु ज्यादै जोखिमपूर्ण हुन्छ । मलाइै कसैले चिन्दैनन् र म माथी कुनै मुद्दा पनि छैन । त्यसैले काठमाण्डौ निवासी एकजना साथीलाई लिएर म जान्छु । तदअनुसार वहाँ कुनै थप तयारी बेगैर  दशैं टीका सकिए लगत्तै, कृष्ण प्रसाद भट्टराई र केदारमान ब्यथितलाई लिएर हिँडनु भयो । बनारसबाट जयनगर हुँदै जनकपुर  पुग्नु  भयो्र तर बजारतिर नगई रेलको लिकैलिक पूर्व लाग्नु भयो ्र  कसैले नचिन्ने गरीउहाँ कपिलेश्वर पुग्नु भयो, जहाँ  बोध प्रसाद उपाध्यायको घरथियो । उपाध्यायलाईआगन्तुक  कसैले परिचय दिनु परेन । उहाँले बी.पी. लाई र बी.पी. ले उहाँलाइ देख्नासाथ चिन्नु्भयो । तर उपाध्याय क्रान्तिकारी नायकहरुको यो अप्रत्यासित आगमनले स्तब्ध हुनु भयो ।

त्यहाँ उपाध्यायलाई बी.पी. ले “दादा” भनेर सम्बोधन गरेका कारणले वहाँको प्रचलित नामनै “बोधदादा” रहन गयो । रामेछाप चिसापानीको सम्भ्रान्तघिमिरे  परिवार त्यहाँ दरबार जस्तो घर बनाएर ठाँटलेबसेको थियो । आर्थिक सामाजिक दृष्टिले सम्मानपुर्ण हैसियत बनाएको थियो । राणाकालकाशक्तिशाली  डिट्ठा रुद्रलालको जेठो छोरा बोध प्रसाद  अध्ययनकालागि बनारस बसेको बेला भारतीय स्वतन्त्रता आन्दोलन देखेर निक्कै प्रभावित हुनु भयो र म्याट्रिक (प्रवेशिका) पास गरेपछि राणा शासन नहटाए सम्मपढेर  केही फाईदा छैन भन्ने निश्कर्षमापुगेर  जनकपुर फर्किएर आन्दोलनको अलख जगाई रहनु भएको थियो । 

बी.पी. ले आफुहरुको मिसन बताउँदै अमलेखगन्ज, भिमफेदी हुँदै काठमाण्डौ जान लागेको जानकारी दिएपछि दादाले त्यो बाटोमा राणाहरुको चेकपोष्ट, कडा जाँचबुझ र गुप्तचरहरु हुने भएकोले बाटो बदल्न सुझाब दिनु भयो । अन्त्यमा सहमति भयोः  सिन्धुली, रामेछाप हुँदै काभ्रेतिरबाट राजधानी छिर्ने । बाटो देखाउन दादा पनि संगै जाने । उहाँहरुको कुरा सुनिरहनुभएकी दादाकी आमाऐन कुमारीले थप प्रस्ताव राख्नु भयो, “तपाईहरु सबैजना युवक हुनुहुन्छ, यसरी युवकहरुको जमातदेख्दा धेरैलाई खुल्दुली लाग्न सक्छ । त्यसैले  बरुमपनि संगै गई दिन्छु । स्वास्नीमान्छेसंगै भएपछि कसैले शंका गर्दैनन् । कसैले सोधे भने तिहार  मान्न चिसापानी जान लागेको भनौला ।” यो सुझाव सबैलाई उपयुक्त लाग्यो । संगै जानेहरुमा दादाकी श्रीमती बिद्या घिमिरे , दुइजना भाई बुहारी अनि तीनजना भरिया थपिए ।

त्यस समय न पुर्व पश्चिम राजमार्गको कल्पना थियो , न बी.पी. राजपथको । जनकपुरबाट केहि उत्तर लाग्ना साथ घना जंगल, चारकोशे झाडी, खोला, बगर र बिकट पहाड । जंगलमा बाघ, भालु, चितुवा र  बिषालु सर्पको त्रास । बाटोमा आवश्यक पर्ने खाद्यान्न,ओढ्ने ओछ्याउने लगायतबिबिध  सामग्रीहरु लिएर  टोली जनकपुरबाट  तीनवटा  गोरुगाडामा बसेर बिजलपुरा (महोत्तरी) पुग्यो । त्यहाँ नजिकै दादाहरुको मौजा थियो । त्यहाँबाट सबैजना पैदल । देख्नेहरुलाई कुनै ठुलो परिवार चाडबाड मान्न जाँदैरहेछ भन्ने भ्रम परथ्र्यो । ती दिन सम्झिन्दै दादा भन्नुहुन्थ्यो ,“बिश्वेश्वर बाबु कस्तो मान्छे, भरियालाई धेरै भारी भयो भनेर कहिले खड्कुलो, कहिले के, आफैं बोक्न खोज्नुहुन्थ्यो । उहाँ सबैभन्दा दुब्लो र कमजोर हुनुहुन्थ्यो्र तर जस्तोसुकै  अप्ठ्यारो र अक्करमा पनि फटाफट हिँड्ने । सबैलाई उछिन्नुपर्ने ।”

 त्यो बाटोमा सिन्धुलीगढीमा मात्र सुरक्षा चौकी पर्दथ्यो । त्यहाँका अधिकांश कर्मचारी र सुरक्षाकर्मीहरुदादालाई  जनकपुर  चिसापानी ओहोर दोहोर गरिरहने धनी मान्छे र डिट्ठा रुद्रलालको छोराको रुपमा पहिले देखि चिन्दथे ।त्यसैले उहाँ त्यहाबाट बीपीहरुलाई सजिलै पार गराउन सकिने कुरामा ढुक्क हुनुहुन्थ्यो ्र गढीकोचौकीमापुग्नासाथउहाँ आफैँ अगाडि बढेर प्रहरीहरुलाई पुर्बपरिचितशुभेच्छुलेझैँ  “तिमीहरुको दशैं कस्तो भयो त” भन्दै आफु यतै तिहार मान्न र भतिजालाई केटी देखाउन आएको, कुरा मिल्यो भने मंसिरमै बिहा गर्ने बिचार छ भनेर वातावरण सामान्य बनाउनु भयो । उहाँले बी.पी. हरुभएतिर  औंल्याउँदै बेहुला उ त्यो हो, अरुहरु तिनका साथी हुन् भनेर छक्याउनु भयो । प्रहरीले सबैलाई नमस्कार गरे । सल्लाह अनुसार,खुर्कोटहुँदै  रामेछाप टेकेपछि दादाको परिवार आफ्नो घरतिर लाग्यो भने तीन क्रन्तीकारीहरु काठमाण्डौ तिर । दादाले उहाँहरुलाई विदा गर्दै बताउनुभयो, “तपाईहरु रोशीको बाटो जानुस्, तीनजना भएपछि चोर पनि लाग्दैन, भोलि नै बनेपा पुग्नुहुन्छ ।“ त्यसपछि बी.पी. बनारसको प्रकाण्ड विद्वान पण्डित, किशुनजीउहाँकोसहयोगीतथाव्यथित काठमाण्डौको राँगा ब्यापारी भएको अभिनयगर्दै लक्ष्मीपुजाको दिन बनेपा पुग्नु भयो । त्यसपछि उहाँहरुलाई  काभ्रेली कार्यकर्ताहरुले सुरक्षितरुपमा उपत्यका भित्रयाए ।

 १९७३ सालमा जन्मिनु भएका बोधप्रसाद उपाध्यायले राणा शासन बिरुद्धको संघर्ष गर्ने प्रतिज्ञा गर्दा  उहाँ १९ बर्षको हुनुहुन्थ्यो । १९९२ सालमा जनकपुरको पापमोचनी पोखरीको किनारमा अक्षयतृतीयाको जात्रा लागेको बेला साँझमा गान्धीवादी नेता  पं. रमाकान्त झाको अग्रसरतामा जम्मा भएका २२ जना युवाले संयुक्त रुपमा यस्तो संकल्प गरेका थिए, जसमध्ये बोध दादा पनि हुनुहुन्थ्यो । उहाँ २००३ सालमा नेपाली राष्ट्रिय काँग्रेसको सदस्य बन्नु भयो । २००७ सालको क्रन्तीमासकृय भूमिका पनि निर्वाह गर्नु भयो ।२०१२  सालको भद्र अवज्ञा आन्दोलनमा सम्मिलित भै थुनिनु भयो । पहिलो आमनिर्वाचनमा जातिय  क्षेत्रिय सन्तुलन मिलाउने क्रममा पार्टीले टिकट दिन नसके पनि धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली,रामेछापमाकाँग्रेसलाई जिताउन दिलोज्यानलेलाग्नुभयो ।निर्वाचनपश्चात ने.का. ले महासभा (हालको राष्ट्रिय सभा जस्तो) को सदस्य बनायो।२०१७ सालमा राजाले प्रजातन्त्रको हत्या गरेपछि उहाँ केहि समय सिमावर्तीभारतीय  शहर सुरसण्ड, सितामढीमा निर्वासित हुनु भयो । तर, सशस्त्र संघर्ष गर्नेपार्टीको  निर्णयप्रति उहाँ सन्तुष्ट हुनुभएन र स्वदेशमै बसेर शान्तिपुर्ण संघर्ष गर्ने संकल्प  गरेर   फर्किनु भयो । नेपाल प्रवेश गर्नासाथ उहाँलाईसीमामै  गिरफ्तार गरी प्रकौली (जलेश्वर) स्थित सैनिक ब्यारेकमा थुनियो । त्यसबेला गाडीबाट काठमाण्डौ जाने बाटो नभएको तथा राजबन्दीलाई भारत हुँदै लैजानु जोखिमपूर्ण हुने भएकोलेउहाँलाई  हेलिक्यापटरबाट राजधानी ल्याई नख्खु जेलमा कैद गरियो । तीन बर्षपछि  उहाँ रिहा हुनुभयो, तर छुट्नासाथै आन्दोलनको तयारीमा लाग्नुभएकोले घरपनि पुग्न नपाईसरकारले  फेरी नख्खु लगेरकोच्यो  । जेलमा अस्वस्थ भई २०२६ साल फागुनमा रिहा हुनुभएको उहाँलाई सरकारले जनकपुर पुगेको केहि महिनामै राजकाज अपराध मुद्दा लगाएर जलेश्वर जेल, त्यसपछि केन्द्रिय कारागार पु¥यायो ।जेलको यातनापूर्ण बाताबरणले गर्दा उहाँको शारीरिक र मानसिक अवस्था ठीक नभएको महसुस गरेर उहाँलाई सरकारले अड्डा–सार गर्दै जनकपुर पुर्याएर परिवारको जिम्मा लगाई छोड्यो ्र तर रिहा भए लगत्तै उहाँ आन्दोलनको आगो फुक्न  , सुतेको जनकपुरलाई जगाउन र युवाहरुलाई हौस्याउन दौडी हाल्नु भयो ्र 

 तत्कालिन राजा महेन्द्रको जम्मोत्सवको सन्दर्भमा २०२७ जेठ २९ गते जनकपुरमा सरकारले औपचारिक कार्यक्रम गरिरहेको स्थलमा कालो झन्डा र उत्तेजक नारा सहित बिरोध प्रदर्शन भयो, जसमा तत्कालिन युवा नेताहरु आनन्द प्रसाद ढुंगाना, महन्थ  ठाकुर, केशव कोईराला, हरिहर बिरही, महेन्द्र मिश्र र राम प्रसादगिरी  गिरफ्तार भए  । उक्त कार्यक्रम दादाकै निर्देशनमा भएको थियो । यो गिरफ्तारीको निहुँमा आन्दोलन चर्काउने तयारी गरिरहेको अवस्थामा भोलिपल्टै दादा पक्राउ पर्नु भयो । डेढ वर्ष पछिउहाँ  रिहा हुनु भयो, तर फेरीलोकतन्त्रकोलागि अझ ठुलो  आन्दोलनगर्ने  तयारीमा लागेकोले सरकारलेकार्यकर्ता र आमनागरिकहरुसंग सम्पर्क हुन नदिन उहाँलाई बिकट सिन्धुलीगढीमा, वरिपरि सिस्नुको झ्याङ्ग रहेको कारागारमा, लामो समयसम्म  थुनामा राख्यो  ।

 दादा कहिल्यै चुपचाप र स्थिर भएर बस्नु भएन । उहाँले जीवनभरी राजनिति बाहेक केहि देख्नु भएन, प्रजातन्त्र बाहेक केही सोच्नु भएन । उहाँले सम्पत्ति र परिवारप्रति किन्चित मोह देखाउनु भएन । एक छोरीको जन्म लगत्तै धर्मपत्नी  हैजाले मृत्यु  भयो । बिद्या घिमिरेसंग दोश्रो बिवाह भए पश्चात चार छोरा (बिमल, सुशील र सुनिल) तथा तीन छोरी (आशा, उषा र रेखा)  जन्मिए । दादाले तिनीहरुको लालनपालन, स्वास्थ्य र शिक्षा दीक्षाभन्दा राजनितीलाई प्राथमिकता दिनु भयो । परिणाम उत्साहपुर्ण रहेन । जेठो छोराको अल्पायुमै निधन भयो ।  माहिला  छोरा सुशील घिमिरेले र छोरी रेखा शर्मा ढुंङ्गेल नेपाली काँग्रेसको आराधना गरेर  बसेका छन् । कुनै समय बीपीसहित क्रान्तिकारी नेताहरुलाई शरण र संरक्षण दिने कपिलेश्वरको  त्यो भव्य भवन अहिले  भग्नावशेषमा परिणत भएको छ ।

     २०१७ सालपछि दादा ,अस्वस्थ अवस्थामा बाहेक, घरभन्दा बढी जेलमा बस्नु भयो ।      जेलबाट रिहा गरिदाँ उहाँ प्रायः “सबै साथीहरुलाई नछोडेसम्म जान्न” भनेर जिद्दी गर्नु हुन्थ्यो । जेलबाट छुट्दा आफ्ना ओढने – ओछ्याउने त्यहीं छोडी दिनु हुन्थ्यो र भन्नु हुन्थ्यो – “यो यहीं रहोस् । दुई–चार दिनमा सरकारले फेरि ल्याईहाल्छ, लैजाने र फेरी ल्याउने झन्झट किन गरुँ ?” जेलमा हरेक कैदी बन्दीलाई खाए – नखाएको र सन्च–बिसंच सोध्नु हुन्थ्यो,कोही बिरामीभए  तुरुन्तै उपचार गर ,नत्र म अनशन गर्छु भनी  जेल प्रशासनलाई दबाब दिनुहुन्थ्यो, पैसा नहुनेको औषधि किनी दिनु हुन्थ्यो र आफु चाँही औषधि खानै बिर्सनु हुन्थ्यो । काठमाण्डौमा भएको बेला उहाँ दिनदिनै पत्रिकाहरु लिएर कुनै न कुनै जेलमा गएर राजबन्दीहरुलाई भेट्नु हुन्थ्यो र समस्था सोध्नु हुन्थ्यो । सडक बजारतिर कुनै कार्यकर्ता भेटिए भने ’ साथीहरु जेलमा छन् , तिमी यहाँ घुमेर बस्न लाज लाग्दैन ?“ भनेर झपार्दै आदेश दिनु हुन्थो – कुनै निहुँमा आन्दोलन गरेर छिट्टै जेल   जाउ  । कुनै जिल्लामा  जाँदा उहाँको पहिलो प्रश्न हुन्थ्यो, यहाँ जेल छ कि छैन ? राजबन्दी छन् कि छैनन् ? छन् भने पहिले तिनिहरुलाई भेटन जाँउ । राजनितिक गतिबिधि र राजबन्दी नभएको जिल्लालाई उहाँ ‘मसानघाट’ भन्नुहुन्थ्यो ।  उहाँ साथी– शुभेच्छुकले जहाँ बोलाए पनि जानु हुन्थ्यो । २०२८ सालमा नेपाल बिद्यार्थी संघको सिन्धुली जिल्ला स्तरीय प्रथम अधिवेशनको उदघाटन गर्न यो पंक्तिकारले निम्ता गर्दाबृद्ध अबस्थाका दादा  लालगढदेखि पैदल हिँडेर खुर्कोट पुग्नु भयो । बाटोमा ग्वाङ्ग खोला तर्न लाग्दा झन्डै बग्नु भएको थियो, बाढीको भेलमा । संगै रहेको सहयोगी चिच्याएपछि नजिकै माछा मारिरहेका माझी आएर उद्धार गरेछन् । तर किनार लाग्नासाथ उहाँ भिजेको लुगा पनि नफेरी यसरी सहज रुपमा फटाफट हिँडनु भयो, मानौ केही भएकै छैन । राति ढुङ्गेबासमा बसेर बिहानै खुर्कोट पुग्नु भयो ।जनकपुरमा उहाँ प्रायः बिहानै कपिलेश्वरबाट मानिस बढी भेटिने ठाँउ रेल्वे स्टेसनदेखि  ब्रहमपुरी र ज्ञानकुपसम्म पुग्नु हुन्थ्यो रआदेशात्मक शैलीमा  भन्नुहुन्थ्यो – “देशमा के के भईसक्यो, तपाई यसरी चुपचाप बस्न लाज लाग्दैन ? ल, आन्दोलनको तयारी गरिहाल्नुस् ।” युवा–बिद्यार्थीहरु दादालाई देख्नासाथ वरिपरि झुम्मिन्थे । उहाँ युवाहरुको सर्वाधिक प्रिय नेता हुनुहुन्थ्यो । छोटो होचो कद, उज्यालो र गारो मुहार, तालु खुईलेको, सधैं धोबीले धोएको सेतो सफा खादीको धोती, कुर्ता र चप्पल, तेज गतिमा  हिँडाई– उहाँको पहिचान थियो । उहाँ टाढैबाट सबैको आँखामा पर्नु हुन्थ्यो  । मानिसहरु उहाँका उत्प्रेरक कुरा सुन्न कुरेर बस्थे, कोही लुक्थे – बुढाले जेल पठाई देलान् भन्ने डरले ।

  बोध दादाले लोकतन्त्रको पुनरस्थापना देख्न पाउनु भएन।प्रजातन्त्रको हत्या, देशको दुर्दशा र थुनाको यातनालेगर्दा उहाँ लामो समयसम्म शारीरिक र मानसिकरुपमा थलिनु भयो्र उहाँ २०३९ साल माघ २५ गते बित्नु भयो । अन्तिम समयतिर अस्वस्थ, बेहोशी र बिक्षिप्त अवस्थामा मृत्यु शय्यामा रहेको बेला भेटन जाने राजनीतिकर्मीहरुलाई उहाँ आशापूर्ण नजरले हेर्दै  प्रायः सोधिरहनु हुन्थ्यो – “प्रजातन्त्र आयो ?” 

   (बरिष्ट पत्रकारकोरुपमा सुपरिचित लेखक बिरही कुनै समय नेपाली कांग्रेसको क्रान्तिकारी युवा नेता मानिनु हुन्थ्यो)