देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

इजरायलको गाजामा आक्रमण तिब्र

देशान्तर


तेलअविब । इजरायलले गाजा पट्टीको आक्रमणलाई तिब्रता दिएको छ । इजरायलले गाजाको सिमानामा आक्रमण गर्दा त्यहाँ बसोबास गर्ने धेरै परिवारको मृत्यु भएको जनाइएको छ ।

गाजाको दक्षिणी किनारमा अस्थायी पालमा बसेका महिला र पुरुषहरू रफाहको शवगृहमा रोइरहेको भिडियो सार्वजनिक भएका छन । बुधबार राति भएको हवाई हमलामा मारिएकाहरुको शव रगतले लतपतिएको कफनमा बेरिएको छ । त्यसमा केही साना बालबालिका पनि परेका थिए । हवाई हमलामा अबु धाबी र अशोर परिवारका २६ जनाको मृत्यु भएको बताइएको छ । त्यसपछि, छिमेकी फादेल शाबान क्षेत्रमा सुरक्षित शिविरमै बसेका १० जनाको मृत्यु भएको थियो ।

इजरायली सुरक्षा मन्त्रिपरिषद्ले आक्रमणहरू अमानविय भएको अमेरिकी राष्ट्रपति जो बाइडेनको भनाइलाई अस्वीकार गरेको छ । बाइडेनले अन्धाधुन्ध बमबारी नगर्न इजरायललाई आग्रह गरेका थिए ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अन्तिमसम्म युद्ध जारी राख्ने उल्लेख गर्दै अन्तर्राष्ट्रिय दबाबको बाबजुद पनि आफूलाई कसैले रोक्न नसक्ने हमासका आतंककारीहरूलाई समाप्त पार्ने योजनाबाट पछि नहट्ने बताएका छन् ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ७ यता इजरायली आक्रमणमा १८ हजार ६०० भन्दा बढी प्यालेस्टाइनी मारिएका छन् । प्यालेस्टाइन सेन्टर फर पोलिसी एन्ड सर्भे रिसर्चले गरेको सर्वेक्षणले जनतामा हमासलाई समर्थन भने बढ्दै गएको देखाएको छ ।