काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता डा शेखर कोइरालाले जतिसक्दो चाँडो सरकार परिवर्तन गर्नुपर्ने बताएका छन् । उनले अहिलेको नेतृत्वबाट देशले निकास नपाउने भन्दै सरकारको नेतृत्व कांग्रेसले लिनुपर्ने जिकिर गरेका छन् ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता कोइरालाले माओवादी नेतृत्वको सरकारले जनताका समस्या समाधान गर्न नसकेको टिप्पणी गरेका हुन् ।
सरकारले जनतामा आशा जगाउनसमेत नसकेको उनको भनाई थियो । कोइरालाले बर्तमान माओवादी नेतृत्वको सरकारसँग जनता निराश भएको जताततै बेथिति मौलाएको र भ्रष्टाचार बढेको बताए ।
नेता कोइरालाले आर्थिक, राजनैतिक, सामाजिक र सांस्कृतिक अराजकतातर्फ देश उन्मुख भएको पनि बताए ।
कांग्रेस भित्र संसदीय दलको नेता परिवर्तनको आवाज उठेको बताउँदै कोइरालाले अहिलेको अबस्थामा आफूहरु संग दलको नेता फेर्ने संख्या नभएको उल्लेख गरे ।
प्रतिक्रिया