काठमाडौं । रूसी सेनामा भर्ती भएका ३० जना नेपाली युवालाई उद्धार गरी फर्काउन सरकारसँग नेपालमा रहेका उनीहरुका परिवारले सहयोग मागेका छन् । सम्बन्धितका परिवारले परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागमा गई उनीहरुको उद्धार गर्न आवेदन दिएका हुन् ।
रूसी सेनामा भर्ना भएकामध्ये युक्रेनसँगको युद्धमा हालसम्म ६ जना नेपाली युवाको मृत्यु भइसकेको छ । तीन जनालाई युक्रेनी सेनाले नियन्त्रणमा लिई युद्धबन्दीको रुपमा राखेका छन् । आवेदन परेपछि उनीहरुको उद्धारमा सहजीकरण गरिदिन भन्दै विभागले रूसको मस्कोस्थित नेपाली दूतावास र जर्मनीको बर्लिनस्थित नेपाली दूतावासलाई पत्राचार गरेको छ ।
रूसी सेनामा भर्ना भएकाहरुले आफूहरुलाई युद्ध मैदानमा पठाएको र घेराबन्दीमा परेको भन्दै उद्धारको लागि पहल गर्न नेपालमा रहेका आफ्ना परिवारलाई भनेका थिए ।
प्रतिक्रिया