देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

युएईमा पहिलो बियर कारखाना खुल्दै

देशान्तर

युनाइटेड अरब इमिरेट्स युएइमा पहिलो बियर कारखाना यसै महिना खोलिने भएको छ । एउटा अमेरिकी कम्पनी क्राफ्ट बाय साइड हसलले यसको सुरुवात गर्नेछ । दुई वर्षअघि युएईको संस्कृति तथा पर्यटन विभागले बियर कारखानाका लागि लाइसेन्स दिने निर्णय गरेको थियो ।

अरब वल्र्ड अखबार ‘खलीज टाइम्स’का अनुसार युएई इस्लामिक देश हो र कानुन निकै कडा छन् । अमेरिकी कम्पनीले बियर उत्पादनको अनुमति र लाइसेन्स पक्कै पाएको छ, तर केही सर्त र नियमहरू कडाईका साथ पालना गर्नुपर्नेछ ।

अमेरिकी कम्पनीले अल मारिया आइल्याण्डको ग्यालेरियामा यो कारखाना सुरु गर्दैछ । कम्पनीका संस्थापक चाड म्याकी धेरै खुसी छन् । उनले भने–कम्पनीको संस्थापक भएकोले म यसलाई राम्रो कदम मान्छु । यसका साथै सरकारले हामीलाई सुम्पेको जिम्मेवारीप्रति कृतज्ञता व्यक्त गर्न चाहन्छु ।

साइड हस्टल युएइको पहिलो अल्कोहल ब्रान्ड हो र यो ब्रान्डको रक्सी लाइसेन्स प्राप्त स्टोरहरूमा उपलब्ध छ ।
सन् २०२१ मा युएईको संस्कृति र पर्यटन विभागले केही दिशानिर्देशहरू पालना गर्ने शर्तमा मादक पेय पदार्थ बनाउन स्वीकृति दिएको थियो ।

विभागको विज्ञप्तिमा भनिएको छ– हामीले केही शर्तसहित मदिराको ब्राण्ड बनाउन स्वीकृति दिएका छौं । लाइसेन्स भएकाले तोकिएको ठाउँमा मात्र सेवा दिन सक्ने स्पष्ट पारिएको छ । यसमा पनि उनीहरूले तोकिएको नियमलाई कडाइका साथ पालना गर्नुपर्नेछ। यसका लागि निर्देशिका पनि जारी गरिएको छ । पछि अबुधाबीको स्थानीय प्रशासनले पनि छुट्टै निर्देशन जारी गरेको थियो ।

खलीज टाइम्सको रिपोर्ट अनुसार क्राफ्ट बाई साइड हसलले आफ्नो ब्यानरमा विभिन्न प्रकारका अल्कोहलयुक्त पेय पदार्थ बिक्री गर्न सक्नेछ । यसमा ब्रिटिश ब्रान्डहरू पनि समावेश छन् । कोविड भन्दा पहिले, अबु धाबीमा बियर महोत्सव आयोजना गरिएको थियो । यसमा धेरै प्रकारका बियर ब्रान्डहरू प्रस्तुत गरिएको थियो ।