काठमाडौं । पोर्चुगलले आफ्नो देशमा दूतावास खोल्न नेपाललाई स्वीकृति दिएको छ । नेपालले केही साताअघि पोर्चुगलमा दूतावास खोल्ने निर्णय गरेपछि पोर्चगलले स्वीकृति दिएको हो ।
परराष्ट्रमन्त्री एनपी साउदले पोर्चुगलमा दूतावास खोल्ने नेपाल सरकारको सुझबुझ पूर्ण निर्णय भएको बताए । धेरै पक्षलाई विचार गरेर पोर्चुगलमा नयाँ दूतावास खोल्ने निर्णय गरिएको उनले सुनाए ।
प्रतिक्रिया