काठमाडौं । बिमानस्थलमा १४ केजी सुन बरामद भएको विषयमा छानबिनका लागि ६ सदस्यीय समिति गठन गरिएको छ ।
प्रमुख भन्सार अधिकृत मनिराम पौडेल संयोजक रहेको उक्त समितिमा डीएसपी सूर्यप्रकाश सुवेदी, भन्सार अधिकृतहरू प्रकाश निरौला, डिल्लुप्रसाद शर्मा, लोकराज ढुंगाना र शाखा अधिकृत मञ्जु थापा रहेको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका महानिर्देशक टोकराज पाण्डेले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।
गएराति दुबईबाट नेपाल आएका गोरखाका चन्द्र घलेको साथबाट अन्दाजी १४ केजी सुन बरामद भएको थियो ।
प्रतिक्रिया