नेपाल सुपर लिग एनएसएलमा चितवन एफसीले तालिकाको तेस्रो स्थानमा उक्लने मौका गुमाएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा विहीबार भएको खेलमा बुटवल लुम्बिनीविरुद्ध १ गोलको अग्रता बनाएको चितवन एफसीले दोस्रो हाफको निर्धारित समय पछिको अतिरिक्त समयमा गोल व्यहोरेको थियो ।
वुटवलका मणीकुमार लामाले दिएको लङ पासलाई चितवनका खेलाडीले बल क्ल्यिर गर्ने क्रममा असफल भएपछि स्टेफन विनोङले गोल गर्दै खेल बराबरीमा ल्याए ।
त्यसपछि खेलको ४८ औं मिनेटमा चितवनका लागि उत्सव राईले गोल गर्दै अग्रता दिलाएका थिए । राईले ३५ यार्ड टाढाबाट गरेको प्रहार सिधै गोलमा परिणत भएको थियो ।
त्यतिबेला बुटवलका गोलकिपर मोहमोदोको हातमा लागे पनि जाली चुम्न पुगेको थियो । सोही अग्रतालाई चितवनले अन्तिममा उक्त अग्रता जोगिन नसक्दा दुवै टिमले एक एक अंकमा चित्त बुझाए ।
विहीबारको नतिजासँगै एफसी चितवन ५ अंकका साथ तालिकाको पाँचौं स्थानमा रहँदा बुटवल ४ अंकका साथ तालिकाको छैटौ स्थानमा उक्लिएको छ ।
प्रतिक्रिया